अपडेट 
२०८१ बैशाख २६, बुधबार १८:०४

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ। बुधबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको बताइन्। उनले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेस हुने जानकारी दिइन्।

राईले भनिन्,‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ। यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन। कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरुलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौं।’

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरुलाई सहज हुने भएको छ।

Comment


Related News

Latest News

Trending News