अपडेट 
२०८१ बैशाख २७, बिहीबार ०६:५०

बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिने गरेको भन्दै घेराउसहित विरोध प्रदर्शन गरिएको छ ।

जनकपुरधाममा बुधबार ज्योती विकास बैंक र एभरेष्ट बैंकलगायतकाले चर्को ब्याजमा ऋण दिने गरेको भन्दै घेराउसंगै विरोध प्रदर्शनसमेत गरिएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले ज्योती विकास बैंक र एभरेष्ट बैंक घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर बैंक ऋणी खुसीराम चौधरीले बाध्यतावश आत्महत्या गरेपछि सो अभियानले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेका छन् । बर्दियाका चौधरीले एभरेष्ट बैंक तथा ज्योती विकास बैंकबाट ऋण लिएका थिए । सोही बैंकको ऋण, ब्याजसंगै बैंकबाट आउने गरेको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि आन्दोलनमा उत्रेको अभियानका संयोजक सुरेन्द्रमणि शर्माले बताए ।

संयोजक शर्माको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपिरहेका पीडितहरुले जनकपुरधामस्थित ज्योती विकास बैंक र एभरेष्ट बैंक अगाडिसमेत विरोध प्रदर्शन गरेका छन् । अभियानका संयोजक शर्माले बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजको नाममा मारिरहेकाले आफूहरुलाई बैंक तथा वित्तिय संस्थाहरुको अन्याय विरुद्ध उत्रिनु परेको बताए ।

Comment


Related News

Latest News

Trending News