अपडेट 
२०८१ बैशाख २७, बिहीबार १०:४८

धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

बिहीबार (आज) बिहान साढे ६ बजे उनको मृत्यु भएको खबर प्रहरीलाई प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

स्थानीय पदम लामाले आफ्नो खेतमा निलगाईबाट परबल खेती संरक्षण गर्न लगाएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेश अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खाजबिन थालेको थियो । खोजबिनको क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News