अपडेट 
२०८१ बैशाख २८, शुक्रबार ०६:४३

सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड परशुराम फुयाल विहीवार बैंक भित्रै मृत अवस्थामा फेला परेका छन् ।

सप्तकोशी नगरपालिका २ निवासी ५६ वर्षीय फुयाल विहान ७ बजे तिर बैंक परिसरमा रहेको क्वाटर भित्रै मृत अवस्थामा फेला परेका छन । नेपाली सेनाबाट सेवानिवृत भएपछि उनी विगत ७ वर्ष देखि उक्त बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । सुरुमा उच्चरक्तचापका विरामी फुयालको सोही कारणले मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि घट्नास्थलको प्रकृति तथा सीसीटीभी फुटेज चेक गर्दा हत्या भएको संकेत गरेको प्रहरीको भनाई छ ।

यद्यपी यसबारे अनुसन्धान भईरहेकोले सत्य तथ्य सार्वजनिक गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले बताए । एकातिर शवको वरिपरी रगतका टाटा देखिएका छन भने अर्काे तिर बैंकमा रहेको सीसीटीभी फुटेज चेक गर्दा मध्यराती तिर एक जना नकावधारी ब्यक्ती बैंक भित्र ओहोर दोहोर गरेको देखिन्छ, डिएसपी नेपालले भने“त्यसैले हत्याको आशंका गरिएको छं ।” उनले फुयालको शव पोस्टमार्टमका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र पोस्टमार्टम रिर्पाेट आएपछि यकिनका साथ भन्न सकिने बताए । मृतक फुयालका श्रीमती, २ छोरा र २ छोरी छन् ।

बिहान कोठा नखुलेपछि शंका लागेर ढोका खोलेर हेर्दा सुरक्षागार्ड फुयाल मृत अवस्थामा भेटिएको बैंकका कर्मचारीहरुले बताए । बंैकको रकम लुट्ने उद्देश्यले नकाबधारी प्रवेश गरेको हुन सक्ने तथा प्रतिकार गर्दा गार्ड मारिएको हुन सक्ने समेत अनुमान गरिएको छ । यद्यपी अनुसन्धान सकिएपछि मात्र यर्थात भन्न मिल्ने प्रहरी अधिकारीहरुको भनाई छ ।

सीसीटिभी फुटेजमा देखिएका ब्यक्ती बैंक लुट्ने प्रयोजनका लागी नकाब लगाएर चोर बाटोबाट मध्यराती तिर प्रवेश गरेको अनुमान गरिएको छ, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले भने–‘यद्यपि बैंक भित्र रहेका सबै सम्पती सुरक्षित रहेको पाएका छौं ।’ विहीवार नै घट्ना स्थलमा कोशी प्रदेश प्रहरी कार्यालयबाट डग स्क्वाड (तालिम प्राप्त कुकुर) ल्याइ प्रयोग गरिको छ ।

डग स्क्वाडले पनि केही संकेत गरेको छ , उनले भने–त्यसको पनि अध्यन गर्दै सीसीटिभी फुटेजमा देखिको नकाबधारी ब्यक्तीको खोजी कार्य तिब्र बनाएका छौं । घट्नाको अनुसन्धान गर्न सप्तरीका प्रहरी प्रमुख गजुसिद्धी बज्रार्चायको नेतृत्वमा एक टोली पुगी सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बज्रार्चायले भने –‘घट्नाको सुक्ष्म अनुसन्धान थालेका छौ, छिट्टै परिणाम निस्किने अपेक्षा गरेका छौं । यता, मधेश प्रदेशमा बैंकिङ्ग असुरक्षा दिनप्रतिदिन बढ्दै गएको छ । गत मंगलबार धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१९ जनमुनिया स्थित एक सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो ।

त्यस्तै केही दन पूर्व मात्रै वीरगञ्ज स्थित नवील बैंकको मेन ढोकाको ताल्चा फुटाइ ट्रङ् कमा राखिएको रकम लुटिएको थियो । यस्ता यस्ता घटना भई रहँदा मुलुकमा बैंकिङ्ग सुरक्षा समेत बढाउनुपर्ने देखिन्छ । मुलुकमा आर्थिक मन्दी र यसले चोरी डकैतीका घटना थप बढन् सक्ने जानकारहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News