अपडेट 
२०८१ बैशाख २९, शनिबार ०८:००

पहिलो घटना : २०८१ वैशाख ७, शुक्रबार जनकपुरधाम उपमहानगपालिका– १६ स्थित रेल्वे लिक नजिकको पोखरीको डिलमा साँझ ८ बजे २५ वर्षीया महतो थरकी एक महिलाको शव जलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । जलिरहेकै शव नजिक १४ महिने एक बालिकाको शरीरमा पनि आगो सल्कि रहेको थियो । १४ महिने माही महतोको जिउमा पनि जिउँदै आगो लगाइएको रै छ । आमाको घटनास्थलमै मृत्यु भइसकेको थियो भने छोरीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो ।

दोश्रो घटना : २०८१ वैशाख १२, बुधबार, जनकपुरधामको रामानन्द चोक स्थित होटल होलिडे एण्ड गेष्ट हाउसको कोठा नम्बर २०५ मा अन्दाजी ३० वर्षीय हितेन्द्र पासमान र २५ वर्षीया एक युवती एउटै सलमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले फेला पा¥यो । अचम्म त के भने प्रेमी– प्रेमिका आत्महत्या गर्दैगर्दाको दृश्य युवतीकी दुई वर्षीया छोरी नाङो आँखाले हेरिरहेकी थिइन् । बिचरा । जति रोए कराए पनि आफ् नी आमासमेतलाई जोगाउँन सकिन ।

तेश्रो घटना : २०८१ वैशाख १२, बुधबार जनकपुरधामको पिडारी चोक स्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परे । मृतक धनुषाको गणेशमानचारनाथ नगरपालिका– ३ का २५ वर्षीय मित कुसियैत यादव रहेको प्रहरीले सनाखत ग¥यो ।

नयाँ वर्ष २०८१ सुरु भएको दुई साता भित्र घटेका आत्महत्याका यी प्रतिनिधिमुलक घटनाहरु हुन् । आफ्नो जीवनबाट वाक्क दिक्क भएर आफ्नो ज्यान लिने घटना नयाँ नभए पनि प्रेम, घृणा, आर्थिक तंगी किंवा सामाजिक अपहेलनाको कारण महतो थरकी महिला जस्तै आफूसंगै आफ्नो सन्तानको पनि ज्यान लिनु वा होटेल होलिडे एण्ड गेष्ट हाउसकी युवती जस्तै छोरीको आँखा अगाडि नै पासोमा झुण्डिनु निर्दयताको पराकाष्ठा हो ।

पहिलो घटनामा मृत्यु भएकी महिला महोत्तरी मनरासिस्वा नगरपालिका– २ इटहर्वाकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महोत्तरीकै पिपरा गाउँपालिका– १ ढेकहा माइती भएकी ती महिला वैशाख १ गते ससुरालीबाट माइत जाने निहँुमा घरबाट निस्केर जनकपुरधाममा बस्दै आएकी थिइन् । उनको एक पुरुषसंग सम्बन्ध रहेको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्राप्त जानकारी अनुसार, दोश्रो घटना पनि महोत्तरीकै हो । पिपरा गाउँपालिका–३ घर भएका हितेन्द्र पासवान र सोही गाउँमा माइती भइ महोत्तरीकै लोहारपट्टी नगरपालिका– ४ खुट्टा बिहे भएकी उक्त युवती बीच प्रेम सम्बन्ध थियो । एउटै पासोमा झुण्डिएका युवा युवती दुवै विवाहित थिए । तर दुवैमा प्रेम सम्बन्ध भने छँदै थियो ।

चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा देशभर ६ हजार ९ सय ६३ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । अर्थात् एक दिनमा सरदर २१ जना तथा प्रत्येक घन्टा करिब एक जनाले आत्महत्या गर्ने गरेको छ । आत्महत्या गर्नेहरुका ३ हजार ४ सय ९८ पुरुष, एक हजार ९ सय ८३ महिला, २ सय ४२ बालक र ४ सय ४४ जना बालिका रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका थिए । अर्थात् मुलुकमा आत्महत्या गर्नेहरुको संख्यामा निरन्तर वृद्धि हुंदै आएको छ । चालू आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार ३ स ६५ जनाले आत्महत्या गरेका छन् भने लुम्बिनी प्रदेशमा एक हजार १ सय ५६, मधेश प्रदेशमा ९ सय १४, बागमती प्रदेशमा ८ सय ४२, गण्डकी प्रदेशमा ६ सय ६२, कर्णाली प्रदेशमा २ सय ५१, सुदूर पश्चिम प्रदेशमा ५ सय ५ र काठमाण्डु उपत्यकामा ४ सय ७२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशमा ४ सय २२ जना महिला, ४ सय ६५ जना पुरुष, १ सय ७५ जना बालिका र ५९ जना बालकले आत्महत्या गरेका थिए । आत्महत्याके अर्थ स्वयम्लाई मार्नु हो ।

प्रत्येक आत्महत्या व्यक्तिगत समस्याको कारणले हुने भए पनि कुनै कुनै प्रसंगमा कुनै व्यक्ति विशेष वा संघ संस्थाले व्यक्तिलाई आत्महत्या गर्न वाध्य बनाएको अवस्थाहरु पनि नदेखिएका होइनन् । आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणहरुले हुने गर्दछ । ९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारणले हुने गरेको अनुसन्धानले देखाएको छ ।

दिनदिनै बढ्दै गएको आत्महत्या राष्ट्रिय समस्याको स्वरुपधारण गर्दै छ । तर यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले कुनै सार्थक पहल गरेको देखिदैन् । सडक, सार्वजनिकदलान, पोखरी सौन्दर्यकरण ढिलो गर्दा पनि हुन्छ । तर यस्ता विषयहरुलाई समयमै सम्बोधन गर्नु पर्दछ भने मेरो व्यक्तिगत राय हो ।

Comment


Related News

Latest News

Trending News