अपडेट 
२०८१ बैशाख २९, शनिबार ०९:२८

क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार ‘व्यपार : हिजो, आज र भोली’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव शिकारु युवाहरुलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यपार र स्थानीय उत्पादनलाई प्रर्वधन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले जनाए । ‘यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरुको सहभागिता रहनेछन्,’उनले भने,‘उहाँहरुको व्यत्तित्व विकाससँगै हामीले राम्रो व्यपार गर्नको लागि नेटर्वकिङ बनाइदिने काम पनि गर्ने छौं ।’

सांस्कृति कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आर्दश मिश्रा पनि आउने कार्य तालिका रहेको उनले बताए । क्षमतावन युवाहरुलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको कथन छ ।

यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरु जोडेर क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।

Comment


Related News

Latest News

Trending News