अपडेट 
२०८१ बैशाख २९, शनिबार ११:३१

कुवेतका अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गर्नुभएको छ ।

अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गर्नुभएको हो । उहाँले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही धारा निलम्बन गरेको सम्बोधनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्नेछ । खाडीको देश कुवेत पछिल्लो समय कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । देश बचाउन कठोर निर्णय लिएको अमिर शेख मिशलले बताउनुभएको छ । हालै चुनाव भएयता निर्वाचित संसद र नियुक्त प्रधानमन्त्रीबीचको तनावले सरकार गठन ठप्प भएको छ ।

अप्रिल ४ तारिखमा भएको चुनावमा अघिल्लो संसदका ४६ सदस्यमध्ये ३९ जनाले आफ्नो सिट कायम राखेका थिए । कुवेतको संविधानअनुसार चुनाव भएको दुई हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ । शेख मेशलले अप्रिल १५ तारिख अर्थात् वैशाख ३ मा शेख अहमद अब्दुल्लाह अल अहमद अल सबालाई प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News