अपडेट 
२०८१ बैशाख ३०, आईतवार ०८:१५

धनुषामा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका– ९ बडहरी स्थित पुर्व पश्चिम लोक मार्गबाट पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका– २ का २३ वर्षीय दिपक महतो र सोही ठाउँका २८ वर्षीय सुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरधामले इलाका प्रहरी कार्यालय ढल्केवर अस्थायी प्रहरी पोष्ट बडहरी धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले ढल्केबरबाट बर्दिबास तर्फ जाँदै गरेको सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा महतो र परियारको साथबाट ४.२ ग्राम खैरो हिरोइन लागु पदार्थ बरामद भएको धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

पक्राउ परेका आरोपितहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News