अपडेट 
२०८१ बैशाख ३०, आईतवार १९:२४

मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।

छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ । नयाँ सरकार गठनका लागि भोली प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एमालेका एक जना नेताले बताए ।

मधेश प्रदेशमा १०७ साँसद छन् । सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ । तर सरकारको दावी गर्न लागेका चार दलसँग ५५ साँसद छन् ।

अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् ।

Comment


Related News

Latest News

Trending News