अपडेट 
२०८१ बैशाख ३१, सोमबार ०७:१९

मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १९ मा सहकारी कर्मचारीको साथमा रहेको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न रहेको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरिएको जनाएको छ ।

उनीहरूको साथबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनाएका छन् । वैशाख २४ गते धनुषाको सबैला नगरपालिका– १२ स्थित रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका जनक र श्रवणले पेस्तोल देखाएर ८० लाख रुपैयाँ नगद लुटेका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।

बाँकी रहेका रकमपनि चाँडै बरामद गरिने उनले बताए

Comment


Related News

Latest News

Trending News