अपडेट 
२०८१ बैशाख ३१, सोमबार ०७:२६

महोत्तरीको मटिहानीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका वडा नं. ६ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी र मटिहानी प्रहरी चौकीका संयुक्त टोली चेकजाँच गरिरहेको समयमा भारतबाट नेपालतर्फ आएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का २५ वर्षीय अनिस राईनलाई स्रोत खुलाउन नसकेको रकमसहित पक्राउ गरेको छ ।

भारतबाट मटिहानी तर्फ प्र.२–०२–००४ प ७१६७ नं. को मोटरसाइकलमा आएका राईनलाई प्रहरीले चेकजाँच गर्दा छ लाख ६८ हजार पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । राईनको साथबाट एक हजारको दरले ५२९ थान र पाँच सयको दरले २७९ थान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जैसवारले केही समयदेखि प्रहरीले चेकजाँचमा कडाई गरेपछि अवैध मालसामानसमेत पक्राउ बढेको बताए ।

शुक्रबार मात्रै प्रहरीले महोत्तरी गाउँपालिकाबाट भन्सार छली गरी ल्याएको दुई लाख दुई हजार चार सय ३० रुपैयाँ बराबरको कपडा तथा सम्सी गाउँपालिका वडा नं. २ स्थित आँपको बगैचामा राखिएको दुई लाखभन्दा बढीको किराना सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएका थिए ।

Comment


Related News

Latest News

Trending News