२०८१ बैशाख ३१, सोमबार १५:३०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गए राति काठमाण्डाै आएका दुई जना भारतीय नागरिकले लगाएको लुगामा सुनजस्तो देखिने पहेँलो रङको धातुको लेपन गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरेको विमानस्थल सुरक्षा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत काठमाण्डाै आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन पक्राउ परेका एसएसपी शर्माले बताउनुभयाे । सुरेशको लुगासहितको सुनजस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम र मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको उहाँले जानकारी दिनुभयाे ।

Comment

Related News

Latest News

Trending News