अपडेट 
२०८१ बैशाख ३१, सोमबार १५:३८

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको विरूद्ध अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन्।

सोमबार सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले आयोगविरूद्ध रिट दायर गरेका हुन्। यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। मुद्दाको पेसी मंगलबारका लागि तोकिएको पनि उनले जानकारी दिए।

रिटमा अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध रिट दायर गरेका हुन्। रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सा‌ंसदहरूलाई पनि यादवले विपक्षी बनाएको घिमिरेले बताए।

वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए । फुटेको जसपामा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु झा ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ छन्। आयोगले भोलिपल्ट नै उक्त दललाई मान्यता दिएको थियो।

Comment


Related News

Latest News

Trending News