अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ०७:१२

जगतजननी जानकीको प्रकाट्य उत्सव जानकी नवमी महोत्सवको अवसरमा अग्नि कुण्डस्थित सुन्दर सदनमा विशेष महोत्सवको आयोजना गरिएको छ ।

पोखरीमा निर्माण गरिएको चलायमान पण्डालमा रामायण पाठ, भजनकीर्तन लगायतका धार्मिक कार्यक्रमहरु गत बिहीबारदेखी नै भइरहेको छ ।

जेठ ४ गते सम्म चल्ने जानकी नवमी महोत्सवमा सहभागिता जनाउन भारतका ख्याती प्राप्त सन्त रामभद्राचार्य पनि सुन्दर सदन पुगेका थिए । राजा जनकले हलो जोत्ने क्रममा सीता प्रकट भएको धार्मिक मान्यता अनुरुपको कलात्मक मूर्ति निर्माण गरिएको छ । हिन्दू धर्मग्रन्थहरुका अनुसार सीताको निवास स्थल अग्नि कुण्डको सुन्दर सदन रहेको थियो ।

सुन्दर सदनमा रामजानकी विवाह महोत्सव पनि भव्यताका साथ आयोजना गरिन्छ । सुन्दर सदनका महन्त नवलकिशोर शरणले जनाए अनुसार नौ दिन सम्म जानकी जन्मको विधि विधान अनुसार कार्यक्रम गरिन्छ । सुन्दर सदन परिसर भित्र रहेको पोखरीमा निर्माण गरिएको चलायमान पण्डालले श्रद्धालुहरुलाई आकर्षित गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News