अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १०:४९

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । सिंहदरबारमा जारी संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ ।

नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीमा भने अवरोध गर्ने रणनीतिमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

आज ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्दै छन् ।

Comment


Related News

Latest News

Trending News