अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ११:२६

सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा सोमबार राति घरमा लुटपाट भएको छ। राति ११ बजे डाकाहरुले बम पड्काएर लुटपाट गरेका हुन्। बम पड्किंदा केही स्थानीय घाइते भएका छन्।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरञ्जन यादवको घर लुटिएको प्रहरीले छ। डाकाहरुले नगद र गरहना लुटेका छन्।

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन्। चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन्। घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News