अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १४:२३

गएको साउन २५ गते सर्लाहीमा घाँटी रेटेर एक भारतीय युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्का भारतीय युवक जेल चलान भएका छन्।

हत्यामा संलग्न भएको आरोपमा एक महिनाअघि पक्राउ परेका भारतको सीतामढी लक्ष्मीपुर सोनवर्षा घर भएका २६ वर्षीय रञ्जित बैठालाई जिल्ला अदालत सर्लाहीले सोमबार पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो।

भारतको सीतामढी घाना पुरौना भिलेज पोष्ट मनियारी- ५ घर भएका २३ वर्षीय अभिषेक राजको हत्यामा संलग्न रहेको आरोपमा बैठालाई सर्लाही प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थ्ति गराएको थियो।

गएको साउन २५ गते पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा अभिषेकको धारिलो हतियारले काटेको अवस्थामा टाउको फेला परेको थियो।

त्यसको दुई दिनपछि सर्लाहीकै लालबन्दी नगरपालिका-१७ कालिन्जोर पुल नजिकै रहेको जंगलमा उनको बाँकी शरीरको भाग फेला परेको थियो।

बैठासहितको समूहले व्यक्तिगत रिसइबीको कारण अभिषेकको हत्या गरेर टाउको र शरीर अलग अलग ठाउँमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

उनलाई घटनाको ९ महिनापछि गएको वैशाख ४ गते प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो।

Comment


Related News

Latest News

Trending News