अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १७:४६

नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभएको हो ।

उहाले सरकारको कार्यक्रमा कुनै उत्साह नदेखिएको धारणा राख्नुभयो । उहाले सहकारी प्रकरणमा पिडितलाई न्यायका साथै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआएको जिकिर गर्नुभयो । सरकार सहकारी पिडितहरुको मर्काप्रति संवेदनशील नरहेको उहाको भनाइ छ ।

उहाले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण बिषय छुटेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News