अपडेट 
२०८१ जेष्ठ २, बुधबार १४:२४

सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।.

राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य राखेको जनाएको हो ।

त्यस्तै पाँच बर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुराउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०८५÷८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सिमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विधुतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुराउने लक्ष्य रहेको छ ।

उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रीत हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनकिरण गर्न खोजिएको उहाले बताउनुभयो ।

उहाले मुलुकको वास्तविक समस्या समाधान गर्नेगरि योजना तयार गरिएको धारणा राख्नुभयो । योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालय वा केन्द्रीत निकायले आ–आफ्नो व्यवसायीक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको । त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News