अपडेट 
२०८१ जेष्ठ ४, शुक्रबार ०८:०६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले लोसपालगायतका साना दलहरूसँग विश्वासको मत माग्दै आएका छन् । सम्भव भएसम्म साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने तयारीमा प्रचण्ड रहेका छन् ।

Comment


Related News

Latest News

Trending News