अपडेट 
२०८१ जेष्ठ ५, शनिबार १३:३१

हरियाणाको नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । यस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो ।

बसमा करिब ६० जना सवार थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनामा घाइते भएकी महिला मीना रानीले एएनआईलाई भनिन्, ‘दुर्घटनापछि चालक भागे । गाउँले हामीलाई बचाए।  गाउँलेहरूले सिसा फुटाएर बचाएका थिए ।’ नुहका विधायक अफताब अहमदले समाचार एजेन्सी एएनआईलाई भने, ‘यो दुखद घटना हो।’

Comment


Related News

Latest News

Trending News