अपडेट 
२०८१ जेष्ठ ६, आईतवार १६:२९

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो । सोही आदेशमा टेकेर अध्यक्ष यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख २३ गते यादव नेतृत्वको जसपा विभाजन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सोमबारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए ।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको जसपाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News