अपडेट 
२०८१ जेष्ठ ७, सोमबार ०८:३३

मिर्चैया नगरपालिका ३, सिसबोनीका आगलागी पीडितहरुलाई नगर प्रमुख श्रवण कुमार यादवले गाउँमै पुगेर जस्ता पाता हस्तान्तरण गरेका छन्।

आगलागीबाट घरवार विहिन भएका सात परिवारलाई प्रति परीवार २० थानका दरले जस्तापातासहित नगद प्रदान गरेको हो।

बर्षायाम सुरु हुन लागेको बेलामा जस्ता पाता र नगद सहयोय पाएपछि अग्नी पीडितहरु खुशीहुँदै नगर प्रमुख यादवलाई धन्यवाद दिएका थिए।

नगर प्रमुख यादवको विशेष पहलमा अनुग्रह समुदायीक विकास केन्द्र ललितपुर नेपालले अग्नी पीडितलाई जस्ता र प्रति परिवार पाँच हजार नगद सहयोग गरेको मिर्चैया नगरपालिकामा कार्यरत रोजगार सहायक हेमनारायण यादवले जानकारी दिए।

गत बैशाख १२ गते आगलागी हुँदा ७ परीवारको घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएको थियो।

Comment


Related News

Latest News

Trending News