अपडेट 
२०८१ जेष्ठ ७, सोमबार १२:३९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको दोश्रो बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताउनुभएको हो । उहाले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने समेत बताउनुभयो । सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउनुभयो ।

उहाले देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोगको आवश्यकता रहेको धारणा राख्नुभयो । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको उहाको भनाइ छ । उहाले सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News