अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार ०७:३४

वीरगंज महानगरपालिकाका मेयर नागरिकता किर्ते प्रकरणमा व्यापक बिरोध पछि रोकिएको अनुसन्धानलाई पर्सा प्रहरीले पुनः अघि बढाएको छ । मेयर राजेशमान सिंहले सरकारी कागज किर्ते गरेको मुद्दामा निष्पक्ष छानविन नभएको भन्दै जुलुस प्रर्दशन र गृहमन्त्रीका स्वकीय सचिव दीपक बोहरा मार्फत ५५ लाख रुपैयाँ नजराना लिएको आरोप लागेपछि पर्सा प्रहरीले कछुवा गतिमा रहेको अनुसन्धानलाई तीब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले २ महिना पछि आइतबार पञ्जिकरण अधिकारीसँग बयान लिएको छ । सरकारी वकिलको कार्यालय मार्फत फागुन २४ गते फौजदारी अभियोगमा जिल्ला प्रहरी कार्यालयले नागरिकता प्रकरणमा मेयर राजेशमान सिंहले पेश गरेको जन्मदर्ता प्रमाणपत्र किर्ते रहेको भन्दै परेको उजुरी दर्ता गरेको थियो ।पर्सा प्रहरीले लिएको ५ घण्टासम्म लिएको बयानमा पञ्जिकरण अधिकारी भिखारी रायले पुरानै कुरा दोहर्याएको श्रोतको दावी छ । उनले पहिला देखि विभिन्न मिडियाहरुमा दिएको इन्कारी बयानलाई नै पुनः दोहो¥याएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले मेयर राजेशमान सिंहको बिरोधमा दर्ता मुद्दाको अनुसन्धान अगाडि बढाइएको बताए । उनले जिल्ला प्रहरी कार्यालय पर्सामा नागरिकता र जन्मदर्ता प्रमाणपत्र किर्तेको बारेमा विभिन्न सोधपुछका कार्यहरु भइरहेको बताउदै भने, ,‘पञ्जिकरण अधिकारीसंग सोधपुछ मात्र गरिएको हो, बयान लिएको होइन, हामी वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्सासंग पनि सम्बन्धित कागजपत्रहरु मांग गरेका छौ ।’

मेयर राजेशमान सिंहले २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका वडा कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । जसमा तत्कालीन वडा अध्यक्ष अथवा पञ्जिकरण अधिकारी भिखारी रायको हस्ताक्षरबाट राजेशमान सिंहकी छोरी भनिएकि रुबिनालाई जन्मदर्ता प्रमाणपत्र प्रदान गरिएको छ । जसलाई पञ्जिकरण अधिकारी यादव नकली भएको दाबी गर्दै आएका छन । जन्मदर्ता प्रमाण पत्रमा रहेको हस्ताक्षर आफ्नो नभइ किर्ते गरिएको यादवको दावी छ ।

मेयर सिंहकी कान्छि श्रीमति रिता भट्टराईले जिल्ला अदालत पर्सामा दर्ता गरेको सम्बन्ध बिच्छेद मुद्दामा पेश गरेको जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको छ । तर, भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर, छाप र नाम किर्ते गरिएको प्रहरी समक्ष बयान दिएका छन् ।

मेयर राजेशमान सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लागत फारम नं. १०६–२०७१–२०७२ बाट किर्ते जन्मदर्ताको प्रमाणपत्र तयार गरेको बयान दिएको प्रहरी एक अधिकारीले बताए । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरेर नागरिकता दिलाएको खुलासा भएपछि मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालय लगायतका ७ वटा निकायमा जाहेरी परेको छ ।

यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

Comment


Related News

Latest News

Trending News