अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार १२:४९

नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधान तथा गृमहन्त्री विमलेन्द्र नीधि जनकपुरधाम आएका छन् ।

कान्तिपुर मिडियाका सँचालक कैलाश सिरोहियालाई भेट्न बिहीबार बिहान नेता नीधि जनकपुरधाम आएका हुन् ।

नेता नीधिले बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै सिरोहियाको नागरिकता किर्ते नभएको दाबी गरे । सिरोहियाको घर आफ्नो घरको सामुन्ने भएको बताउँदै उनको नागरिकताप्रति सबाल नै नभएको बताए । उनले गृहमन्त्रीको सहकारी काण्डबारे निरन्तर समाचार प्रकाशित पछि प्रतिशोधको भावनाले गिरफ्तारी गराएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालय धनुषाको कर्मचारीको गलतीको कारण सिरोहियाले दुःख भोग्नुपरेको बताए ।

कान्तीपुर मिडियाका सँचालक सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिनको म्याद दिएर अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News