अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार १३:५५

धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित क्रसर मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय २० वर्षीय मजदुर अर्जुन यादव छन् । कमला स्टोन क्रसरमा बुधबार राति करिब १ बजे अर्जुनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार मेसिनमै च्यापिएर बारा निजगढका ४५ वर्षीय खेमकुमार मगर घाइते भएका छन् । उनको उपचार जनकपुरधामस्थित समर अस्पतालमा भइरहेको छ ।

मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ । तर, डीएसपी अवाले अहिलेसम्मको अनुसन्धानमा शंकास्पद नदेखिएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News