अपडेट 
२०८१ जेष्ठ ११, शुक्रबार ०७:२४

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको शक्ति र स्रोतको चरम दुरुपयोग गर्दै सरकारले लोकतन्त्रलाई सिध्याउन लागेको बताएका छन् । उनले आफ्नो पार्टी फुटाएको प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको मेरुदण्ड प्रेसमाथि पनि आक्रमण गरेको बताएका छन् ।

जसपा नेपालको आसन्न महाधिवेशनका लागि मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा बिहीबार प्रतिनिधि छनोट कार्यक्रममा उनले लोकतन्त्रमाथि प्रहार गर्ने क्रममा सरकारले अब प्रेसमाथि पनि हमला गर्न थालेको बताए । ‘राज्य शक्तिको दुरुपयोग गरेर जसपा नेपाललाई फुटाइएको छ ’ उनले भने–‘ प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् ।’ ‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु’ अध्यक्ष यादवले भने–’प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्रोतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेको लोकतन्त्रलाई सिध्याउने अभ्यास हो ।’ लोकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्र विरोधी गतिविधिमा अगाडि बढेको सरकारलाई रोक्नु पर्छ । ‘म देश बाहिर रहेको बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गए’ यादवले भने–‘पार्टी फुटाउने कार्यमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतमा अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो सहितका सांसदहरुले पार्टी फुटाएर २४ घण्टा भित्रै अर्को दल जनता समाजवादी पार्टी(जसपा) दर्ताको प्रमाण लिएका थिए । पार्टी विभाजनविरुद्ध यादव सर्वोच्च अदालतमा रिट हालेका छन् । तर प्रधानमन्त्री प्रचण्डले अन्तरिम आदेशको बेवास्ता गर्दै जसपाका सांसदहरुबाट विश्वासको मत लिएका छन् । संसदीय व्यवस्था नै असफल भइसकेको उल्लेख गर्दै अध्यक्ष यादवले मार्सल लगाएर संसद चलाइरहेको बताए ।

मार्सल लगाएर संसदको गतिविधि अगाडि बढाइनु लोकतान्त्रिक पद्धतिको उपहास भएको उनले आरोप लगाए । ‘मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ’ यादवले भने– ‘ मुलुकको अहिलेको संसदीय प्रणाली पटक– पटक असफल भइसकेकोले राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नैपर्छ ।’ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनोट हुने सांसद आवश्यक भएको उनको तर्क छ ।

समानुपातिक प्रणाली लेनदेनको आधारमा सांसद बनाइने र त्यस्ता सांसदले राज्यप्रतिको जिम्मेवारी समेत बोध नगरेको हाल भइरहेको अभ्यासबाट देखिन्छ । सहकारीको करोडौ रकम हिनामिनामा संलग्न रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको तथ्यपरक समाचार सार्वजनिक गरेका कारण नै सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको उनले आरोप लगाए । दुईवटा नागरिकता, दुईवटा पासपोर्ट राख्ने नै देशका गृहमन्त्री भएपछि उनले लाखौं नागरिकको निक्षेप अपचलनगर्दा कसले कारवाही गर्ने

Comment


Related News

Latest News

Trending News