अपडेट 
२०८१ जेष्ठ १२, शनिबार ०६:५४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान चलाएको छ ।

जनकपुरधाममा शुक्रबार लोसपा नेपालको आयोजनामा भएको सदस्यता वितरण अभियान सुरु गरिएको लोसपा नेपालले जनाएको छ । सो अभियानको शुभारम्भ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । धनुषा जिल्लामा नव प्रवेशीलाई सदस्यता वितरण गर्दै अध्यक्ष ठाकुरले अभियान आरम्भ गरे । लोसपा नेपालले महाधिवेशनलाई लक्षित गर्दै सदस्यता अभियान सुरु गरेको छ ।

२०८२ मा महाधिवेशन गर्ने गरी तयारी सुरु गरिएको महासचिव डा. सुरेन्द्र कुमार झाले बताए । पहिलो चरणमा मधेश प्रदेशमा सो अभियान सञ्चालन हुने र त्यसपछि अन्य जिल्लामा पनि क्रमशः सदस्यता अभियान चलाइने महासचिव झाले बताए ।

शुक्रबारदेखि सुरु भएको सो अभियान कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्षसमेत रहेका मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, महासचिव डा. झालगायतका नेताहरूसमेतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News