अपडेट 
२०८१ जेष्ठ १२, शनिबार १९:३१

धनुषामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर सोही ठाउँ बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Comment


Related News

Latest News

Trending News