अपडेट 
२०८१ जेष्ठ १३, आईतवार ०७:५८

पर्सामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

चक्कु प्रहारबाट पर्साको सखुवा प्रसौनी गाँउपालिका–४ ओझैया प्रसौनी टोलका ५० वर्षीय ललाई हजरा दुसादको मृत्यु भएको छ । मादक पदार्थ सेवनले मातेका सुभाष हजारा दुसादसंगको झडपमा शुक्रबार साँझ छिमेकी ललाई हजरा दुसादको मृत्यु भएको छ । ललाई माथि सुभाष हजराले चक्कु प्रहार गरेको मृतक परिवारको आरोप रहेको छ ।

ललाईको मुख, घाँटी र छातीमा सुभाषले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाए पछि उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । ललाईको चक्कु प्रहारबाट मृत्यु भएपछि गाँउमा तनाव उत्पन्न भएको थियो । त्यसपछि प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने सुभाषलाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य भएको थियो ।

पक्राउ परेका सुभाषलाई ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News