अपडेट 
२०८१ जेष्ठ १४, सोमबार ०८:०८

रौतहटमा अत्याधिक गर्मीले एक साइकल यात्रुको मृत्यु भएको छ ।

अत्याधिक गर्मीका कारण मौलापुर र देवाही गोनाही नगरपालिकालाई जोड्ने लाल बकैया नदीको पुलमा आईतवार विहान एक साइकल यात्रीको मृत्यु भएको शव फेला परेको छ । साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए । साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको थियो।

स्थानीय बासिन्दाहरुले लाल बकैया पुल माथि एक साइकल यात्री मृत अवस्थामा रहेको आइतबार विहान ७ः२० बजेको समयमा खवर आएपछि इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक साइकल यात्री बौधीमाई नगरपालिका वडा नम्वर ८ सरमुजवाका अन्दाजी ५५ वर्षीय राजमंगल राय यादवको रुपमा सनाखत भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले विहान घरबाट साइकल लिएर आफन्त कहाँ गरुडा नगर पालिकाको जयनगर तर्फ आउने क्रममा पुलमा ढलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको बताए ।

घटनास्थलको प्रकृति हेर्दा कालगति, हर्ट अटैंक वा गर्मीले गर्दा मृत्यु भएको हुन सक्ने आशंका गर्दै उनले पोष्टमार्टम पछि मात्रै मृत्युको ठोस कारण खुल्ने उनले भने ।

Comment


Related News

Latest News

Trending News