अपडेट 
२०८१ जेष्ठ १४, सोमबार ०८:२१

जनकपुरधाममा कन्सट्रकसन म्यानेजमेन्ट दुई दिवसीय तालिम सुरु भएको छ ।

आईतबारदेखि नेपाल निर्माण व्यवसायी महासंघद्वारा आयोजित उक्त तालिमको व्यवस्थापन धनुषा निर्माण व्यवसायी संघले गरेको छ भने भौतिकपूर्वाधार मन्त्रालयको सहजता रहेको छ ।

तालिममा धनुषा निर्माण व्यवसायी संघमा आवद्ध सदस्यहरुलाई विभिन्न प्रकारका ठेक्का/टेन्डर भर्ने तरीके, चाहिने डक्युमेन्ट, प्रक्रिया लगायतका बारेमा प्रशिक्षण दिइने जनाइएको छ । साथै निर्माण व्यवसायीहरुको समस्या, चुनौती र समाधानका उपायहरुबारेमा समेत तालिममा जानकारी गराईने धनुषा निर्माण व्यवसायी संघका अध्यक्ष अशोक चौधरीले बताए ।

तालिममा भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारी केशव राज आर्चायले प्रशिक्षण दिँदैछन भने यो तालिम सोमबार (आज) समाप्त हुनेछ ।

आजको समापन सत्रमा संघको केन्द्रिय उपाध्यक्ष र केन्द्रिय महासचिव आउने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News