अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार ०७:२३

मधेश प्रदेश सरकार अल्पमतमा नरहेको मुख्यमन्त्री सरोज कुमार यादवले दाबी गरेका छन् ।

चार दलले बुझाएको ज्ञापन पत्र बुझेपछि सञ्चारकर्मीहरुसितको संवादमा उनले भने, सरकारले विश्वासको मत लिन नसके अल्पमतमा पर्नेछ । तर अहिले विश्वासको मत लिनै समय बाँकी रहेकाले अल्पमतमा रहेको भन्न नहुने उनले बताए । ‘हामी प्रदेशसभामा बहुमत साबित गर्छौ’ उनले भने, नीति तथा कार्यक्रमको तयारीमा अहिले जुटेका छौं ।‘ उपयुक्त समयमा बहुमत सिद्ध गरेर सरकार अगाडि बढनेछ’ उनले भने, यो सरकार नरहने चिन्ता गर्नु भन्दा सरकारले बनाइरहेको नीति तथा कार्यक्रममा सुझाव दिनु उपयुक्त हुनेछ ।

संघीय गठबन्धनमा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछाने संघीयताको पक्षधर नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, प्रधानमन्त्री प्रचण्ड विगतमा संघीयताको पक्षधर रहे पनि हाल उनी पनि संघीयतालाई मास्न लागेका छन् । संघीयतालाई कमजोर बनाउन नै मधेश प्रदेशमा पटक पटक सरकारबाट समर्थन फिर्ता लिने र कर्मचारीको सरुवा भइरहेको उनले आरोप लगाए । पहिचानसहितको नामकरण भएको मधेश प्रदेश नै संघीयतालाई संस्थागत गर्न चरणवद्ध रुपमा सरकारसित लड्दै आएको मुख्यमन्त्री यादवले बताए ।

Comment


Related News

Latest News

Trending News