अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार ०७:३३

धनुषाको ढल्केबरबाट एक जना महिला एक साता अघिदेखि बेपत्ता भएकी छन् ।

जिल्लाको मिथिला नगरपालिका–६ ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीया श्रीमती सुभद्रा उपनाम रहेकी मनकुमारी यादव नौ दिनदेखि बेपत्ता भएकी छन् । जेठ ६ गते दिउँसोबाट श्रीमती सुभद्रा बेपत्ता रहेको उनका श्रीमान यादवले बताए । कसैलाई कुनै जानकारी नै नदिई घर छोडेर हिँडेको र खोजतलास गर्दा पनि फेला नपरेको उनको भनाइ छ । उनले बेपत्ता श्रीमती सुभद्राको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी पनि दिएका छन् ।

सुभद्राको खोजीका लागि उजुरी आएपछि खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News