अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार ०८:२८

धनुषामा एक व्यक्तिको जग्गामा केहि माफियाहरुले रातारात लाखौ मुल्य वराबरको ग्राभेल गायव गरिएको घटना सार्वजनिक भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १स्थित छगरियामा एक जनाको निजि जग्गामा जानकारी नै नदिई ग्राभेल चोरी गरि पोखरी खनाउन लगाइएको पाइएको हो । छगरियास्थित २ बिघा क्षेत्रफलमा फैलिएको आँपको बगैचामा रातारात ग्राभेल गायव गरि पोखरी खनेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १कि रेणुका यादवको नाममा रहेको सो जग्गामा जानकारी नै नदिई भू–माफियाहरुले रातिको समयमा स्काइभेटर लगाएर पोखरी खनाउने गरेको आरोप लगाईन् । रेणुकाले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निजि जग्गामा जानकारी नदिएर जबरजस्ती पोखरी खनाउनुका साथै त्यहाँको ग्राभेल समेत बिक्री गरेको बताइन् । उनले यो काममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९का लक्ष्मी साह र धनुषाधाम नगरपालिका २ मंगलपुरका आनन्द साह मिलेर आफ्नो निजी जग्गा कब्जा गर्ने नियतले यस्तो कदम चालेको आरोप लगाइन् । मेरो जग्गामा जानकारी नै नदिई स्काईभेटर लगाएर खनाइएको छ, त्यहाँबाट ग्राभेल उठाएर बिक्री गरिएको छ उनले भनिन्,‘ यो विषयमा जानकारी गराउन वडामा जाँदा मेरो फर्जी हस्ताक्षर गरेर मैले नै त्यो जग्गामा पोखरी खनाउनका लागि निवेदन दिएको पत्र देखेपछि झसंग भए ।’ उनीहरुले मेरो जग्गा खनाउनपूर्व प्रतिमा ठाकुरको बैंक एकाउण्टबाट २ लाख ५१ हजार रुपैयाँ मेरो एकाउण्टमा पैसा ट्रान्सफर गरिएको रेणुकाले भनिन् ।

जालसाजी गरेर मेरो जग्गा कब्जा गर्न लागेको देखेर आफूले ईलाका प्रहरी कार्यालय ढल्केवरमा निवेदन दिन खोज्दा प्रहरीले निवेदन समेत नलिएको गुनासो गरिन् । उनले भनिन् ‘मैले मेरै जग्गा संरक्षणका लागि प्रहरी समक्ष पुग्दा निवेदन लिन मानेन, वडा कार्यालय समेत मेरो मन्जुरी बिना पोखरी खनाउन अनुमति दियो यो सब देखेर निजि जग्गा हडप्ने गिरोह सक्रिय रहेको जस्तो लाग्छ ।

गिरोहमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग उनले गरिन् । प्राप्त जानकारि अनुसार ती व्यक्तिहरुले पोखरी खन्ने नाउँमा करिब चालिस लाखको ग्राभेल चोरी गरेको छ ।

Comment


Related News

Latest News

Trending News