अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १२:५०

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्‌मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो । बजेटसँगै वार्षिक विकास कार्यक्रम संसद्‌मा टेबुल हुने गरेको छ ।

आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकममा प्रधानमन्त्री दाहालले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए । नीति तथा कार्यक्रममा पनि जनमुखी बजेट निर्माणका लागि आफूले निर्देशन दिएको र त्यसकै आधारमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए ।

आज नै मन्त्रिपरिषद्ले स्वीकृत गरेर आगामी चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने आयोगका प्रवक्ता यमलाल भुसासले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News