अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार ०७:२१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार थुनामुक्त गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको सिफारिसमा सिरोहियालाई ललितपुर जिल्ला प्रहरी कार्यालयले थुनामुक्त गरेको छ ।

छोरा सम्भव सिरोहियाको जमानतमा रिहा भएका सिरोहियालाई प्रहरीले खोजेको बेला उपस्थित हुनुपर्ने छ । उनलाई नागरिकता सम्बन्धी अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

झण्डै सय वर्षदेखि नेपालमा बसोबास गरिरहेको सिरोहिया परिवारका सदस्य कैलाशलाई नागरिकता किर्ते गरेको अभियोग लगाउँदा जनकपुरधामसहित देशैभरि विरोध भएको थियो । सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न उनलाई पक्राउ गराएका थिए ।

सहकारीको झण्डै अर्ब रुपैया गोर्खा मिडिया प्रा.लि.मार्फत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाणसहित समाचारलाई कान्तिपुरले निरन्तरता दिएको आक्रोशमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको थियो ।

मंगलवार सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै सिरोहियाको रिहाई र सर्वोच्च अदालतमा लामिछाने बिरुद्ध दर्ता भएको मुद्दा सारिएको विषय जोडिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा थुनामुक्त भएका छन् । उनलाई अब अनुसन्धानका लागि हिर ासतमा राखिरहन आवश्यक नपर्ने भन्दै धनुषा प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका अधिवक्ता रमण कर्णले जानकारी दिए । अधिवक्ता कर्णले भने, ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको छ ।’ उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तमा सिरोहियालाई छोडिएको छ ।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम हाजिर जमानीमा छोडिएको छ । सो संहिताको दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिइ वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिइ वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्ने व्यवस्था रहेको छ ।

सोमबार धनुषा जिल्ला अदालताले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो । तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थामा प्रतिकूलताको कारण देखाउँदै अस्पतालमा लगेर उनको नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको थियो । उनको स्वास्थ्य चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश अदालतले दिएको थियो ।

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमूनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औँठाछापको नमूना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाण्डुलगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो । जाहेरी परेको करिब २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेको थियो । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News