अपडेट 
२०८१ जेष्ठ २०, आईतवार १०:५४

जनकपुरधाममा भारतीय खानाको स्वाद उपलब्ध गराउने उद्देश्यले जाइका फेमिली रेष्टुरेन्टको शुरुवात गरिएको छ ।

जनकपुरधाममा हुने भारतीय पर्यटकको चाप तथा भारतीय खानाको स्वादका पारखीहरुलाई ध्यानमा राखेर शनिबार एक कार्यक्रमकाबीच रेष्टुरेन्टको शुभारम्भ गरिएको हो । रेष्टुरेन्टको उदघाटन जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले गरेका थिए ।

जनकपुरधाममा भारतीय पर्यटकको चाप बढी भएपनि खानालाई लिएर आउने गुनासा मेट्नकै लागि भारतीय फ्रेन्चाइज जाइकाको अनुमति लिएर फेमिली रेष्टुरेन्टको शुरुवात गरेको जाइका फेमिली रेष्टुरेन्टका मैनेजिंग डाइरेक्टर विजयकुमार साहले बताए । यसका साथै जनकपुरधाममा खाना महँगो हुने गरेको गुनासो समेत सुनिने गरिन्छ त्यो गुनासो समेत आउन नदिने साहले प्रतिवद्धता गरे ।

उनले शुरुमा सुपथ मूल्यमा ग्राहकलाई सेवा दिने र पछि मनमौजी हिसाबले पैसा असुल्ने परिपाटीको अन्त्य यही रेष्टुरेन्टको माध्यमले गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News