अपडेट 
२०८१ जेष्ठ २०, आईतवार १५:१७

नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिइनसकेको बताएको छ । पार्टी महाधिवेशनका सन्दर्भमा आइतबार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस सरकारका बारेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेको बताए ।

नेपालले मधेसमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको बताए । ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्’, अध्यक्ष नेपालले भने, ‘अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’

आफूहरू केन्द्र सरकारमा रहेको बताउँदै अध्यक्ष नेपालले मधेसमा पनि पहिलादेखि नै सरकारमा रहेको निरन्तरता भएको बताए । देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको नेता नेपालले बताए ।

उनले पार्टीमा सरकारबाट हटौँ र नहटौँ भन्ने दुवै मत रहेको पनि बताए ।

Comment


Related News

Latest News

Trending News