अपडेट 
२०८१ जेष्ठ २०, आईतवार १८:५६

चौधरी ग्रुप (सीजी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रदर्शनअनुसार विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

नेपाली टोलीले खेल जितेमा एक लाख ५० हजार रुपैयाँ दिने सीजीले जनाएको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई एक लाख, अर्धशतक प्रहार गर्नेलाई ५० हजार र हरेक विकेट बराबर खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिने सीजीले जनाएको छ ।

यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–८’ मा पुगे टाेलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News