अपडेट 
२०८१ जेष्ठ २१, सोमबार ०८:३५

रौतहटमा दलित तथा गरिबलाई आवास बनाउने नाममा लाखौँ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय माधवनारायण नगरपालिका ८ रजावाडा गाउँका सर्वसाधारणलाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा माधवनारायण ७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ का प्रकाश माझी, गरुडा नगरपालिका ६ का ४० वर्षीय राकेश महरा, ९ का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षीय रामकली देवी र वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा, रहेको जिल्ला प्रहरी प्रवक्ता डीएपी एलिजा गिरीले बताएकी छन्।

उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News