अपडेट 
२०८१ जेष्ठ २१, सोमबार १०:५७

मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

जेष्ठ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम प्रदेशसभा बैठक डाकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

दोस्रो अधिवेशनको अन्तिम बैठक गत वैशाख ५ गते बसेको थियो । आज डेढ महिनापछि प्रदेशसभा बैठक डाकिएको छ ।

सत्ताधारी नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा छन् । संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने उनको तयारी छ ।

नयाँ सरकार बनाउने र सरकार टिकाउने खेलले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित बनेको छ ।

Comment


Related News

Latest News

Trending News