अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार ०७:३३

मधेश प्रदेशमा सरकार बनाउने निर्णायक रहेको नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अझै आफ्नो धारणा प्रष्ट गरिसकेको छैन् ।

एस र लोसपाको कारण सत्ता समीकरणमा ‘सस्पेंस’कायमै छ । तर एमाले, माओवादी र जनमत पार्टीले गरेको दाबीलाई एस र लोसपाले खारेज गरिसकेको छ । सरकार गठनका लागि ६३ सभासदको हस्ताक्षर सहित आइतवार नै प्रदेश प्रमुखलाई बुझाउने दाबी गरेका एमाले, माओवादी र जनमत पार्टी सोमवार मौन रहे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मधेश प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउन दिनभरि दबाब दिइरहे पनि त्यो प्रभावकारी हुन सकेको छैन् । अध्यक्ष नेपालले पार्टीमा निर्णय गरेर मात्र धारणा सार्वजनिक गर्ने बताउँदै मंगलवार बैठक बस्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहभागी गराएका थिए । तर नेपालले त्यहाँ पनि बैठकबाट निर्णय लिनुपर्ने बताउँदै आफ्नो ‘पत्ता’ खोलेनन् । उनले ‘प्याकेज’मै सहमति हुनुपर्ने अडान लिएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले संघीय गठबन्धनमा एस रहे पनि प्रदेश गठबन्धनमा जसपा नेपालको साथ नछाड्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘नेकपा एस जसपा नेपालको सरकारलाई नै निरन्तरता दिने पक्षमा रहेको देखिन्छ’ उनले भने, लोसपा र एस नै निर्णायक रहेकाले उनीहरुको निर्णय दुवै तर्फ कुरिदैछ ।

Comment


Related News

Latest News

Trending News