अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार ०७:४१

महोत्तरीबाट अपहरणमा परेकी एक बालिकाको प्रहरीले सर्लाहीबाट सकुशल उद्धार गरिएको छ ।

सोनमा गाउँपालिका ४ की ६ वर्षीय आकृति यादवको आइतबार अपराह्न ४ बजेतिर घरबाटै अपहरण भएको थियो । बालिकाको हजुरबुबा रामईश्वर यादवका अनुसार साधुको भेषमा भिक्षाटन गर्दै सोनमा पुगेका गौशाला नपा १० बटौवाका लालबाबु मण्डलले आकृतिको अपहरण गरेका थिए । बालिका हराएपछि खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी चलेको थियो ।

सूचना पाएलगत्तै गौशाला प्रहरी पनि घटना छानबिनमा जुटे पनि बिहानसम्म पनि केही पत्तो लागेको थिएन । यो घटना सामाजिक सञ्जालमा बालिकाको फोटोसहित भाइरल भएको थियो । अपहरणकारीले बालिकालाई बटौवास्थित आफ्नो घरमा लगेर रातमा डर त्रास देखाई राखेको र सोमवार बिहान ६ बजेतिर करिब १२ किमी पश्चिम सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित खुवलाल टोलका वडा सदस्य जलेश्वर राम महराको घरमा पु¥याएका थिए ।

अपहरणपछि काबुमा पारेर बटौवाको घरमा पु¥याएपछि अपहरणकारी मण्डलले कुटपिट गर्नुका साथै घट्नाबारे कहीँ कतै नबोल्न धम्की दिएको परिवार र प्रहरी समक्ष बालिकाले बताएकी छन् ।

यसैबीच महराको घरमा नाटकीय घटना घट्यो । त्रासमा रहेकी बालिकाले खाना खाने समयमा एकान्त पारेर महराकी श्रीमतीलाई साधुले आफूलाई बिस्कुट खान दिएर फकाउँदै लगेको र केही पर पु¥याएपछि मुख थुनेर बोल्न नदिई यहाँसम्म ल्याएको बताएपछि अपहरणको रहस्य खुलेको थियो ।

श्रीमतीबाट यो जानकारी पाए लगत्तै वडा सदस्य महराले घट् नाबारे तत्काल प्रहरीलाई जानकारी गराएपछि बालिकाको उद्धार र साधुको भेषमा रहेका मण्डललाई पक्राउ गरी सोमबार अपराह्न ३ बजेतिर इलाका प्रहरी गौशालामा ल्याएको थियो । “नातिनीलाई सकुशल भेट्न पाउँदा राहत मिल्नुका साथै परिवारको आँसु पुछिएको छ । वडा सदस्य महरा र प्रहरीप्रति हामी आभारी छौँ,“ रामईश्वरले भने ।

बालिकालाई किन अपहरण गरिएको हो स्पष्ट हुन सकेको छैन । प्रहरी उपरीक्षक नकुल पोखरेलले घट्नाको सूक्ष्म र सघन अनुसन्धान भइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News