अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार १२:४८

भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । मङ्गलवार बिहान ८ बजेदेखि मतगणना सुरु गरिएको हो। हालसम्म भएको मतगणना अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको छ।

अहिलेसम्मको नतिजा अनुसार लाेकसभाको  ५ सय ४२  सिटमध्ये एनडीए गठबन्धनले २८५ ठाउँमा अग्रता लिइरहेको छ भने इन्डिया गठबन्धनले २२६ ठाउँमा अगाडी देखिएको छ । प्रारम्भिक मत परिणाम अनुसार भारतीय जनतापार्टी यस अघिको भन्दा कमजोर देखिएको छ । मतगणनाको सुरुवाती नतिजा अनुसार बीजेपीको गठबन्धन एनडीपीलाई  इन्डिया गठबन्धन कडा टक्कर दिइरहेको छ ।

अहिले मतपत्रको मतगणना भइरहेको छ । यो  सकिएपछि इभिएम मेसिनको मतगणना सुरु हुनेछ । भारतमा १८ औँ लोकसभाको चुनाव सात चरणमा भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको हो । सुरत लोकसभा सिटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल हुनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News