अपडेट 
२०८१ जेष्ठ २३, बुधबार ०७:१३

सशस्त्र प्रहरीले वीरगञ्जबाट १४ लाख बढीको भन्सार छलीका सामान बरामद गरेको छ । विभिन्न स्थानबाट सशस्त्र प्रहरीले १४ लाख ६९ हजार ६ सय ५० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले अवैध रुपमा भण्डारण गरेर राखिएको अवस्थामा ७ लाख ५९ हजार ६ सय ५० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार विशेष सूचनाको आधारमा शिवम स्टिल प्रा.ली.को गोदामबाट कपडा, ल्याप्टप तथा अन्य सामान बरामद गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सिंहले बताए ।

यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जकै टोलीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ४ लाख बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया क्षेत्रबाट ना. ५३ प ९३६३ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३ लाख १० हजार बराबरको थानको कपडा र मोटरसाइकल नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News