अपडेट 
२०८१ जेष्ठ २३, बुधबार १३:३४

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुखसँग आग्रह गरेका छन् । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ ।

आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका हुन् ।  मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुख मण्डलले बताए । उनका अनुसार परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाइनेछ ।

यता, विपक्षी दलहरूले भने मुख्यमन्त्री यादवले विश्वासको मत लिने ३० दिनको म्याद गुजारिसकेको दाबी गर्दै प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई अनुरोध गरेका छन् ।

Comment


Related News

Latest News

Trending News