अपडेट 
२०८१ जेष्ठ २३, बुधबार १८:२५

पर्सा प्रहरीले अवैद्य रकम सहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा भारतीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्ने युवक भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार रहेका छन् । भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपास स्थित सडक खण्डबाट युवकलाई पक्राउ गरिएको पर्सा प्रहरीको भनाइ छ । उनको साथबाट ५ लाख ९० हजार अवैद्य नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले बताउनु भयो ।

डीएसपी भारतीका अनुसार रक्सौलबाट पैदल हिँडेर वीरगन्ज तर्फ आउदै गरेको अवस्थामा रौनियारलाई चेकजाँच गर्दा उनले बोकेको कालो ब्यागमा उक्त परिमाणको रकम बरामद भएको हो । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News