अपडेट 
२०८१ जेष्ठ २३, बुधबार १८:३४

मधेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन प्रदेशसभा पुगेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न गरेको आग्रह सभामुखले अस्वीकार गरेर बैठक बोलाएपछि उनीसहितका मन्त्रीहरु उपस्थित भएन ।

त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरेर सभामुख मण्डलले जसपा नेपाल संसदीय दलसंग छलफल गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भए ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली कांग्रेस र लोसपा विश्वासको मत दिनेछन् । तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ । विश्वासको मत पाउन अर्थात् सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ ।

Comment


Related News

Latest News

Trending News